जुवातास खेलाउने ठाउँमा किन छापा मारिन्न ?

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणको जोखिम बढेको भन्दै तनहुँ प्रशासनले एक साता अघि जुवातास तथा देउसी भैलो नखेल्नका लागि सार्वजनिक सूचना जारी गरेको थियो । तिहारको मुख्य दिन शुरु हुँदै गर्दा देउसीभैलो पहिलेजस्तो नसुनिए पनि जुवातासका खेल झनै बढेको सुनिएको छ ।


धेरैजसो कार्यालय र संघ संस्था बन्द भएका कारण पनि जुवातास खेल्ने खेलाउने काम बढेको पाइएको छ । सामान्यतः तिहारमा परिवारका सदस्यबीच जुवातास खेलिनु परम्पराकै रुपमा रहे पनि ठूलो रकम राखेर जुवा खेल्ने खेलाउने काम तिहारका समयमा झनै बढेको पाइएको छ ।
दमौलीका केही होटलदेखि व्यक्तिका घरमा अझ बढी जुवातासका खेल हुने गरेको जानकार बताउँछन् ।

तर प्रहरी प्रशासनले तिहारमा जुवातास खेलाएको भनेर कसैलाई कारबाही गरेको सुन्नमा आएको छैन । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जुवातास खेल्ने खेलाउने काम यसै पनि अवैध भए पनि कोभिड संकटका बेला झनै कडाईका लागि प्रहरीलाई निर्देशन दिइएको बताए ।

तर कारबाही किन भएको छैन त ? ‘हामीलाई खेलेको आधिकारिक सूचना आएको छैन,’ प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेना भन्छन्,‘प्रष्ट सूचना आएमा हामी जतिसुकै बेला कारबाही गर्न तयार छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी