मृगौलापीडित श्रेष्ठलाई कतारबाट ५५ हजार सहयोग

  • ख-
  • ख+

दमौलीः मृगौला पीडित रामलाल श्रेष्ठको उपचारको लागि विदेशमा रहेको दभुङ्गका दाजुभाईहरुले आर्थिक सहयोग गरेका छन् । पुख्र्यौली थलो साविक जामुने ९ दभुङ्ग भई हाल व्यास ४ दमौलीमा बस्दै आएको श्रेष्ठलाई आर्थिक सहयोग गरेका हुन् ।


कतारमा कार्यरत कृष्ण कुमार श्रेष्ठको मातहतमा कतार रेसिङ एन्ड एक्वेसट्रेन क्लबका साथीहरुबाट २२ हजार २ सय पाँच रुपैया र सिभर्ट इन्टरनेशनल कम्पनीमा कार्यरत दिपक कुमार श्रेष्ठको मातहतमा साथीहरुबाट ३२ हजार ८ सय ३७ रुपैया संकलन भएको थियो ।


कुल ५५ हजार ४२ रुपैयाँ रकम श्रेष्ठको उपचारको लागि हस्तान्तरण गरिएको हो । उक्त रकम सञ्चारकर्मी सुमन श्रेष्ठले पीडित श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी