ठूलो दुर्घटनाबाट जोगिए श्यामनारायण

  • ख-
  • ख+

दमौलीः व्यास १२ गोल्लास्थित पृथ्वी राजमार्गमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक पुरुष मुस्किलले बाँचेका छन् ।


शुक्रबार विहान डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १३ प १९२ नम्बरको मोटरसाईकल र डुम्रेतर्फ गैरहेको ग १ ख ७३११ नम्बरको ट्रक ठक्कर खाँदा मोटरसाईकल चालक लमजुङ बेशीशहर नगरपालिका ११ निवासी ४५ वर्षका श्यामनारायण श्रेष्ठ घाईते भएका हुन् ।

उनी सवार मोटरसाईकल ट्रकको अग्रभागमा गएर लडेको थियो ।

घटनाका प्रत्यक्षदर्शीले ट्रकको गति बढि भएको भए ठूलो क्षति हुन सक्ने भए पनि धेरै क्षति हुन नपाएको बताए । घाइते श्रेष्ठको दमौलीको रत्नहरि अस्पतालमा उपचार पछि पोखरा रिफर गरिएको प्रहरीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी