आयुर्वेद केन्द्रमा धन्वन्तरी जयन्ती

  • ख-
  • ख+

दमौली: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले धन्वन्तरी जयन्ती मनाएको छ । केन्द्रले आयुर्वेदका शुरुवातकर्ता भन्दै धन्वन्तरीको सम्झनामा पूजा गरेर जयन्ती मनाएको हो ।


केन्द्रमा आयोजित कार्यक्रममा सांसदहरु तथा स्वास्थ्यकर्मी लगायतको उपस्थिती थियो । प्रतिनिधि सभा सदस्य कलिला खान, प्रदेश सभा सदस्यहरु डोवाटे विक तथा सरिता गुरुङको उपस्थितीमा पूजा तथा प्रसाद वितरण गरिएको केन्द्रले जनाएको छ ।


आयुर्वेद केन्द्र विकास समितिका अध्यक्ष देवीबहादुर बस्नेतले आयुर्वेदका देवता भएकाले पूजामार्फत धनवन्तरीलाई स्मरण गरेको बताए ।


केन्द्र प्रमुख डा. रामप्रवोध मण्डलले धन्वन्तरीले नै आयुर्वेदलाई व्यापक बनाएकाले हरेक वर्ष सम्झने गरिएको बताए । केन्द्रले निःशुल्क रुपमा आयुर्वेदिक उपचार सेवा प्रदान गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी