दमौलीमै निजी क्षेत्रबाट पीसीआर परीक्षणको व्यवस्था

  • ख-
  • ख+

दमौलीः तपाइंलाई कोरोनाको शंका लागेको छ ? सरकारी अधिकारीहरुले लक्षण नदेखिएका व्यक्तिको स्वाब संकलन नगर्ने भएकाले अहिलेसम्म पोखरा गएर स्वाब दिनुपर्ने बाध्यता छ । तर अब भने दमौलीमै निजी क्षेत्रले पीसीआर परीक्षण गर्न चाहनेका लागि स्वाब संकलन थालेको छ ।

दमौलीको एक निजी अस्पताल नेशनल अपोलोले कोरोना परीक्षण गर्न चाहनेका लागि मंगलबारबाट स्वाब संकलन थालेको छ । अस्पतालले साताको एक दिन मंगलबार स्वाब संकलन गर्ने अध्यक्ष चुडामणि दाहालले जानकारी दिए । ‘अहिलेलाई साताको एक दिन संकलन थालेका छौं,’ उनले भने,‘माग बढेमा समय थप्न सकिन्छ ।’


व्यास नगरपालिका तथा स्वास्थ्य कार्यालयले कन्ट्याक्ट ट्रेसमा परेका तथा आशंका लागेकालाई लक्षण नदेखिएमा स्वाब लिन बन्द गरेकाले आफ्नै खर्चमा परीक्षण गर्न चाहनेका लागि सुविधा दिन पोखराको लाइफ केयर अस्पतालसँग समन्वय गरेर यस्तो सेवा दिन लागिएको दाहालले बताए ।


परीक्षणका लागि भने शंकलनवापत एपोलोलाई दुई हजार तथा परीक्षणवापत लाईफ केयरलाई दुई गरी चार हजार रुपैयाँ बुझाउनुपर्ने अस्पतालले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी