‘फरार’ ३० एकैचोटी पक्रिए

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले विभिन्न अपराध तथा मुद्दामा फरार ३० व्यक्तिलाई एकै साथ पक्रेको छ । केही समययता त्यस्ता व्यक्ति पक्राउमा जोड दिंदै आइरहेको प्रहरीले सजाय नभोगी फरार त्यस्ता व्यक्तिहरुलाई पक्रने क्रममा तीव्रता दिंदै आएको छ ।


पक्राउ पर्नेमा बैंकिङ कसुरीका एक, कर्तव्य ज्यानका सात, चोरीका तीनलगायत छन् ।
पक्राउ उनीहरुबाट कैद १ महिना १८ दिन र जरिवाना तीन लाख ३७ हजार नौ सय पचार असुल भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्