एक्लेफाँटमा मोटरसाईकल ठोक्किंदा २ घाइते

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँट स्थित पृथ्वी राजमार्गमा मोटरसाईकल दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।


आँबुखैरेनीबाट डुम्रेतर्फ गैरहेको बा ८२ प ३३६५ नंम्बरको मोटरसाईकल दुर्घटनामा पर्दा त्यसमा सवार दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।


बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाईकल अनियन्त्रित भई सडक छेउको चौतारामा ठोक्किंदा भएको दुर्घटनामा मोटरसाईकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका ४ निवासी ३० वर्षका भरत गुरुङ र पछाडि सवार जिल्ला गोरखा गण्डकी गाउँपालिका ६ निवासी २६ वर्षका सुरज गुरुङ घाईते भएका छन् ।


घाइते दुवैलाई थप उपचारका लागि छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा पठाईएकामा दुवैको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी