‘ट्रम्पलाई हराउँदै वाइडेन् अमेरिकी राष्ट्रपति’

  • ख-
  • ख+

न्युयोर्क :अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै डेमोक्रेटिक पार्टीका जोसेफ आर वाइडन अमेरिकाका आगामी राष्ट्रपति हुँदैछन् ।


सञ्चार माध्यमहरुले मतगणना सकिदासम्म वाइडेनले चुनाव जितेको घोषणा गरेका छन् । मतगणना जारी रहे पनि अहिलेसम्मको रुझानले आफूलाई चाहिने २७० भन्दा बढी इलेक्टरल मत पाउने देखाएको बीबीसीले जनाएको छ ।

पेन्सलभेनिया राज्यमा वाइडनले जित हासिल गर्दै आगामी जनवरीदेखि चार बर्षका लागि अमेरिकी राष्ट्रपति निर्वाचित हुने भएका हुन् ।
वाइडनले पेन्सलभेनिया राज्यमा जित हासिल गरेसँगै २ सय ७३ इलेक्ट्रोल मत पाउने भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुनको लागि २ सय ७० इलेक्ट्रोल मत आवस्यक पर्छ । वाइडनल मतगणना जारी रहेको जर्जिया, नेभेडा र एरिजोनामा पनि अग्रता कायमै राखेका छन्।
त्यसैगरी उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुने भएकी छन्। कमला पहिलो अमेरिकी उपराष्ट्रपति हुने भएकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी