एलायन्स क्लब अफ तनहुँमा जमुना

  • ख-
  • ख+

दमौलीः अन्तर्राष्ट्रिय सामाजिक संस्था एलायन्स क्लबको शाखा क्लब तनहुँमा पनि खोलिएको छ । शनिबार दमौलीमा बसेको युवाहरुको भेलाले जमुना श्रेष्ठ जोशीको अध्यक्षतामा क्लबको शाखा गठन गरेको हो ।

नव गठित क्लवको उपाध्यक्षमा शैलेश खाती क्षेत्री, सचिवमा सुदीप पौडेल, सहसचिवमा रोशन शर्मा, कोषाध्यक्षमा विनय राउत, सह कोषाध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा समुन्द्र पौडेल, सरिता श्रेष्ठ, महेश वाग्ले, रमेश नेपाली, मुना न्यौपाने, मिलेन्द्रलाल श्रेष्ठ, विशाल कुमार, अनमोल प्रधान, सागर गिरी, अशोक श्रेष्ठ छन् ।

सेवा र सुरक्षाको नाराको साथ संगठित रुपमा परिचालित गराउँदै लाने उद्देश्यले क्लब गठन गरिएको सचिव पौडेलले बताए । कम खर्च, धेरै सेवा भन्ने भावनाका साथ विश्वका २२ भन्दा बढि देशमा क्लब विस्तार भएको र नेपालका ४० जिल्लामा गठन भईसकेको अध्यक्ष श्रेष्ठ बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्