मोटरसाईकल र स्कुटरमा चढेका ३ घाइते

  • ख-
  • ख+

दमौलीः तनहुँका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।
बन्दीपुर गाउँपलिका १ नहालास्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ आईरहेको ग.१ज. ५८१६ नं.को जिप र डुम्रेतर्फ गैरहेको ग.१५प ६६०० नं.को स्कुटर ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक लमजुङको दोर्दी गाउँपालिका १० निवासी सुवास घले घाइते भएका छन् ।

घटनामा परी घाइते लमजुङ दोर्दी ८ निवासी १६ वर्षका आयुष गुरुङ घाइते भएका छन् । घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


यता, म्याग्दे ६ सेराफाँटमा दमौलीबाट पोखरा जाँदै गरेको बा ३ ख ५८५३ नम्बरको ट्रक र सोही दिशाबाट गैरहेको लु१६प ३३३१ नम्बरको मोटरसाईकल ठोकिंदा मोटरसाईकल पछाडी सवार नवलपरासी (पुर्व) गंैडाकोट पुल्चोक निवासी २१ वर्षिया समिक्षा वाग्ले घाईते भएकी छन् । उनको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी