राष्ट्रिय आविष्कार केन्द्रलाई शिव सरस्वती माविको सहयोग

  • ख-
  • ख+

संजय श्रेष्ठ
दमौली: तनहुँको ऋषिङ्ग गाउँपालिका-८ हवेलीडाडा स्थित शिव सरस्वती मावीले महाविर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।  नेपालको बिज्ञान तथा प्रबिधिमा उल्लेख्य योगदान गरिरहेको तथा पछिल्लो समय कोभिड १९ महामारिलाई नियन्त्रणमा स्वास्थ सामाग्री निर्माण गरि महत्वपुर्ण भुमिका निर्वाह  गरेको  आविष्कार केन्द्रलाई  ५ हजार रुपैयाँ सहयोग गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष  दानबहादुर श्रेष्ठले जानकारी दिए । महामारिका समयमा सम्पुर्ण  नेपाली जनताका अभिभावकिय भुमिका निर्वाह गरिरहेको महाविर पुन  नेतृत्वको आविष्कार  केन्द्रलाई आगमी दिनहरुमा समेत थप प्राविधिक सहयोग गर्ने श्रेष्ठले बताए ।   श्रेष्ठका अनुसार शिव सरस्वती मावि को हालै सम्पन्न व्यापारिक भवन जसको तल्लो तल्ला भाडा प्रयोजनमा छन भने माथिल्लो तलामा एक सुबिधासम्पन्न ईलाईब्रेरी, लाईब्रेरी तथा प्राबिधिक शिक्षालयको कक्षाहरु संचालन समेत हुँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी