समाजसेवी थापाले आश्रमका बृद्धबृद्धालाई न्यानाे कपडा सहयोग

  • ख-
  • ख+

दमाैली कात्तिक १७

पराेपकार महासंघ नेपालकी आजीवन सदस्य नाेमा थापाले पाटन स्थित बृद्ध आश्रम पुगी बृद्धहरूलाई न्यानाे कपडा वितरण गर्नुभएकाे छ। छाेरा इभाेराइट थापाकाे २१आैं जन्मउत्सवकाे अवसर पारी थापाले न्याेनाे कपडा वितरण गर्नुभएकाे हाे।डिसु नेपाल तनहुँकी अध्यक्ष समेत रहनुभएकी थापाले विगतका वर्षहरूमा समेत आश्रमप्रति यस्ता सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आउनुभएकाे आश्रमका काेषाध्यक्ष कृष्णराज वाग्लेले जानकारी दिनुभयाे।

थापाले ब्यास ५पाटनमा अवस्थित बृद्ध आश्रममा बसाेबास गर्ने १२ जना बृद्धबृद्वाका लागि न्यानो कपडा,फलफूल लगाएतका सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे।पण्डित शिराेमणी कमलनयन गाैतमज्यु काे परिकल्पना बमोजिम निर्मित बृद्ध आश्रम सम्पूर्ण सहयाेगी मनहरूकाे साथ , समर्थन र सहकार्यबाट निरन्तरता दिन सकिएकाे संस्था का उपाध्यक्ष सुवदार वलवहादुर रानाभाटले जानकारी दिनुभयाे।।

राष्ट्रिय पराेपकार महासंघ जिल्ला कार्यसमिति द्वारा सञ्चालित जेष्ठ नागरिक चाैतारी बृद्धआश्रमका बृद्धबृद्धालाई सहयाेग गर्न पाउदा खुसी व्यक्त गर्दै दानवीर थापाले यस्ता कामहरूबाट मानवीय प्रवृत्ति वृद्धि भइ आफुँलाई सन्तुष्टि मिलेकाे धारणा राख्नुभएकाे थियाे।सहयोगी मनकी धनी थापाले आगामी दिनमा समेत आश्रमका समस्या र चुनाैतिलाई चिर्न साथमै रहेकाे प्रतिवद्वता समेत जनाउनुभएकाे थियाे।सहयाेग कार्यक्रममा संस्थाका अध्यक्ष तारानाथ घिमिरेले विभिन्न उत्सवमा फजुल खर्च घटाएर सहयोगी प्रवृत्ति बढ्नु समाजका लागि सकारात्मक भएकाे र याे आश्रम बृद्धअबश्था का जाे काेहीकाे साझा चाैतारी भएकाले सबैकाे सहयाेगकाे मुक्तकण्ठले प्रशंसा गर्दै सहयाेगी मनलाई धन्यवाद दिनुभएकाे थियाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्