पुरुष मात्र भएको कोरोना वार्डमा नर्स पारदर्शी पीपीइभित्र भित्री वस्त्र मात्रै लगाएर आएपछि…

  • ख-
  • ख+

पुरुष बिरामी मात्र भएको कोरोनाभाइरस वार्डमा पारदर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर ड्युटीमा खटिएकी एक नर्सलाई कारवाही गरिएको छ ।

रुसको एक अस्पतालमा खटिएकी ती नर्सको फोटो भाइरल भएको थियो । वार्डमा भर्ना भएका एक बिरामीले उनको फोटो खिचेर इन्टरनेटमा शेयर गरेका थिए ।

राजधानी मस्कोदेखि सय माइल दक्षिणमा रहेको शहर तुलामा भर्ना भएका ती बिरामीले फोटो शेयर गर्दै नर्सको यस्तो पहिरनले बिरामीहरुलाई भने कुनै गुनासो नभएको बताएका थिए ।

डेलीमेलको समाचार अनुसार अस्पताल प्रशासनले ती नर्सलाई न्यूनतम पहिरन नलगाएको भन्दै कारवाही गरेको छ ।

२० वर्षकी नाम नखुलाइएकी ती नर्सले भने पीपीइ गाउनभित्र नर्सको युनिफर्म लगाउँदा धेरै गर्मी भएकोले यस्तो गरेको बताएकी छिन् ।

तुला रिजनल क्लिनिकल हस्पिटल प्रशासनलाई बताएअनुसार उनले बिरामीको उपचारको क्रममा लगाएको पीपीइ त्यति धेरै पारदर्शी छ भन्ने आफूलाई जानकारी नभएको बताएकी छिन् । ती नर्समाथि अनुशासनको कारवाही गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी