दमौली कारागारका कैदीबन्दीले परिवारसँग टीका लगाउन पाएनन्

  • ख-
  • ख+

दमौलीः विगतमा परिवारसँग एक दिन भए पनि टिका लगाएर खुशी साट्न पाउने दमौली कारागारका कैदीबन्दीले यसपाली भने त्यस्तो सुविधा पाएनन् ।

कोभिड संक्रमणको जोखिमका कारण यसपाली कारागार प्रशासनले भित्रका सदस्यबीच मात्र टिका लगाउने प्रबन्ध गरेको थियो ।


निमित्त जेलर नारायणप्रसाद अधिकारीले कारागारमा रहेका हिन्दु धर्मावलम्बीले ज्येष्ठ सदस्यबाट टिका थापेर एक आपसमा खुशी साटेको जानकारी दिए ।


कारागारमा हाल दुई सय १६ जना कैदीबन्दी छन् । विगतका दशैंमा आफन्त आएर कारागारभित्रै टिका लगाउने र सदस्य भेट्ने प्रवन्ध कारागार प्रशासनले गर्ने गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्