आँबुखैरेनीमा सवारी दुर्घटनामा परी ५ घाइते

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनीमा मंगलबार भएका सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
मंगलबार दिउँसो २ बजे आँबुखैरेनी गाउँपालिका ४ ऐनापहरामा आँबुखैरेनी बाट मुग्लीन तर्फ जाँदै गरेको प्रदेश न.३ ०१ ००२ ज ५९९१ नंम्बरको कार र मुग्लिनबाट आँबुखैरेनीतर्फ आईरहेको बा.५च ५२३० नंम्बरको कार ठोकिंदा चार जना घाइते भएका छन् ।


घाइते सबै सुर्खेत गौरीगंगा गाउँपालिकाका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


यसैगरी, आँबुखैरेनी गाउँपालिका २ ढापटार स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग१०प ५६२५ नंम्बरको मोटरसाईकलले ठक्कर दिंदा मागेर खाँदै आएका एक वृद्ध घाइते भएका छन् ।

करिब ६० वर्षका पदमबहादुर राना घाइते भएकाले उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी