पत्रकार विश्वबन्धु भण्डारी गण्डकी प्रदेश सरकारबाट सम्मानित

दमौली न्युज
  • ख-
  • ख+

पोखरा: अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी गण्डकी प्रदेश सरकारबाट सम्मानित गरिएका छन्। पत्रकारिता क्षेत्रमार्फत सुशासन, जनचेतना र विकासको प्रक्रियामा पुर्‍याईएको उल्लेखनीय योगदानको कदर गर्दै गण्डकी प्रदेश सरकारले उनलाई सम्मानित गरेको हो ।

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिस्ट्रारको कार्यालयद्वारा शनिबार पोखरामा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार भण्डारीलाई नगद ५० हजार रुपैयाँ राशिसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

समारोहमा पत्रकारिता क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका तनहुँको भिमाद नगरपालिका निवासी भण्डारी सहित गण्डकी प्रदेशका अन्य पाँच जना गरी कुल छ जना ज्येष्ठ तथा अग्रज पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको प्रेस रजिस्ट्रार कार्यालयले जनाएको छ ।

नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्षसमेत रहेका भण्डारीको यो सम्मानलाई तनहुँको पत्रकारिता क्षेत्रले गौरवका रूपमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्