भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा : तामाङ निर्वाचित

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि सन्तबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजेश्वर हड्खले, सचिवमा विष्णुबहादुर बस्नेत, सहसचिवमा शान्ता खवास तथा कोषाध्यक्षमा सहवीर उचाइ निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा सुरेन्द्र दरै, चन्द्रीदेवी तिवारी श्रेष्ठ, दीपा आचार्य, अप्सरा रानाभाट, श्रीभद्र कँडेल, सञ्जय गुरुङ, गंगाप्रसाद पोख्रेल र सोमनाथ पौडेल चयन हुन्।

यसअघि निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेपछि प्रशासनिक प्रक्रियाका कारण अधिवेशन केही समय अन्योलमा परेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अन्तत सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्