दमौली: सामाजिक युवा अभियन्ता सुदिप गफारले ब्यास ५ स्थित उदय माविमा अध्ययनरत एक छात्राको लागि शैक्षिक सामग्री खर्च उपलब्ध गराउने भएका छन्। कक्षा ३ मा अध्ययनरत अनुजा गुरुङलाई ३ र ४ कक्षामा अध्ययन गर्दा लाग्ने सम्पूर्ण शैक्षिक सामग्री खर्च उपलब्ध गराउने भएका हुन्।
२ बर्ष सम्म गुरुङलाई पढ्ने सम्पूर्ण शैक्षिक सामग्री खर्चहरू उपलब्ध गराउने गफारले जानकारी दिए । अहिले उनी आफ्नी हजुरआमा मनमाया गुरुङसँग बस्दै आएकी छन्।
