आँबुखैरेनीः नेपाली कांग्रेसको तनहुँ काठमाडौं सम्पर्क समितिका सदस्य युवा व्यवसायी प्रविन तिमिल्सिना आँबुखैरेनी गाउँपालिका ३ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न अधिवेशनबाट उनी खुलातर्फको पहिलो नम्बरमा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका हुन् ।
तनहुँ काठमाडौं सम्पर्क मञ्चबाट सामाजिक सेवा तथा कांग्रेस राजनीतिमा सक्रिय तिमिल्सिना वैदेशिक रोजगारी परामर्श व्यवसायी समेत हुन् ।
युवा हुँदै कांग्रेस राजनीतिमा लामो समयदेखि निरन्तर सक्रिय तिमिल्सिना आँबुखैरेनी तथा तनहुँका विभिन्न सामाजिक गतिविधिमा सक्रिय भएर संलग्न छन् ।
वैदेशिक परामर्श व्यवसायको नेतृत्वमा समेत रहेका तिमिल्सना युवा तथा पाका राजनीतिज्ञ सबैमाझ सेवाका कारण चिनिएका छन् । यसकै कारण आँबुखैरेनीको प्रभावशाली दिग्गज नेता रहेको वडा ३ बाट पहिलो नम्बरमा खुलातर्फ सर्वसम्मत भएका हुन् ।
तनहुँ र काठमाडौं दुवै स्थानमा सेवाका कारण चिनिएका तिमिल्सिनालाई महाधिवेशन प्रतिनिधिका रुपमा चुनाव लड्न कार्यकर्ताहरुले दबाब दिएका छन् । ठूलो पदमा नरहेर पनि धेरैलाई सेवाका कारण मन जितेका तिमिल्सिनालाई महाधिवेशन प्रतिनिधि लड्नका लागि दबाब बढेको हो ।
यद्यपि तिमिल्सिनाले यसबारे अग्रज र युवाको परामर्शपछि नै निर्णय लिने बताए । ‘मलाई यति धेरै विश्वास मिल्यो,’ उनले भने,’म त्यसैमा खुशी छु । बाँकी विषयमा सल्लाह लिएर अघि बढ्नेछु ।’





