काठमाडौंः सरकारले कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ ।
बजेट भाषणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले महँगी भत्ता निरन्तर राख्दै तलब स्केलमा १० प्रतिशत वृद्धि र १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कायम गरिएको बताए ।
उनले यसले २१ प्रतिशत वृद्धि भै ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजार देखि १ लाख कायम भएको बताए ।
