विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँद्धारा सचेतना कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : प्रदेश जनस्वास्थ्य कार्यालय दमौली तनहुँले विश्व क्षयरोग दिवसको अवसरमा क्षयरोग सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। “हो, हामी क्षयरोग अन्त्य गर्छौं—राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित सोमबार कार्यालयको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरीएको थियो ।

मिडियाको भूमिका प्रभावकारी हुने भएकाले जनचेतना फैलाउन मिडियामार्फत सही सूचना छिटो समुदाय सम्म पुर्‍याउन सकिने भएकाले पत्रकारहरू सँग अन्तरक्रिया गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले बताए ।

कार्यक्रममा क्षयरोगको कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिँदै,दुई साताभन्दा बढी खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने जस्ता लक्षण देखिएमा स्वास्थ्य परीक्षण गर्न पनि आग्रह गरीएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्