रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरूबाट असुलेर फिर्ता बचत गरोस् : हर्क साम्पाङ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं: प्रतिनिधिसभा सांसद हर्क साम्पाङले राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु भएको बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीको बचत फिर्ता गर्दा राज्यको ढुकुटीबाट नभइ ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गर्न आग्रह गरेका छन्।

‘सहकारीको बचत फिर्ता गर्छु भन्ने रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गरोस्!’ उनले सामाजिक सञ्जालमा लेख्छन्, ‘राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु हो! जनताले तिरेको कर बाँड्न मिल्दैन योजनाबद्ध खर्चनु पर्छ!’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्