माहोल बनाउँदै जनजाति केन्द्रीय सदस्य उम्मेदवार गुरुङ

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौंः नेपाली कांग्रेस तनहुँका महाधिवेशन प्रतिनिधि रेशम गुरुङले जनजाति तर्फको केन्द्रीय सदस्यका पक्षमा माहोल बनाएका छन् ।

काठमाडौंमा जारी १५ औं महाधिवेशनमा गुरुङले देशका विभिन्न भागका कांग्रेस नेता कार्यकर्तामाझ आफ्नो उम्मेदवारीका पक्षमा समर्थन मागे ।

कोषाध्यक्षहरुको राष्ट्रिय कोषाध्यक्ष रहेका र जनजाति नेतृत्वमा पुराना नेता गुरुङलाई भेटेका महाधिवेशन प्रतिनिधिहरुले साथ दिने प्रतिबद्धता जनाएका छन् ।

नेता गुरुङले पहिलो दिन पाएको विश्वासले आफूलाई अझ अघि बढ्न प्रेरणा मिलेको बताए । यति धेरै माया दिनुभयो, मत दिने बचन दिनुभयो । खुशी छु,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी