दमौली: व्यास नगरपालिका–५ सिर्दीस्थित सडक भासिएको स्थानमा सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक बोर्ड राखिएको छ।
युवा अभियन्ता गफारको संयोजकत्वमा राखिएको उक्त बोर्डले चालक तथा यात्रुलाई जोखिमबारे सचेत गराउने अपेक्षा गरिएको छ। बोर्ड राख्ने कार्यमा मनोज र कृष्ण प्रजापतीले समेत सहयोग गरेका थिए।
स्थानीयस्तरमा गरिएको यस पहलले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।






