कोइराला नेतृत्वको कांग्रेस तनहुँले असोज १९ गतेसम्म क्षेत्रीय प्रतिनिधि चयन गर्ने

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति तनहुँले असोज १९ गतेभित्र क्षेत्रीय प्रतिनिधि चयन गर्ने भएको छ। तयारी समितिका संयोजक प्राडा कृष्णप्रसाद गौतमका अनुसार क्षेत्रीय प्रतिनिधि चयनका लागि वडा–वडामा प्रतिनिधि खटाउने कार्य सम्पन्न भइसकेको छ।
क्षेत्रीय प्रतिनिधि चयन सँगै महाधिवेशनका अन्य प्रक्रिया पनि अगाडि बढाइने उनले बताए।

तयारी समितिका सह–संयोजक डम्बर अधिकारीका अनुसार समितिमा सदस्यहरू जोडिने क्रम जारी छ। शनिबार मात्रै व्यास–११ का प्रेमबहादुर अधिकारी क्षेत्री र व्यास–२ का विष्णुकुमार मल्ल तयारी समितिमा थपिएका छन्।
समितिका सचिव माधव खनालले वडा तहदेखि जिल्ला अधिवेशन सम्पन्न गर्ने उद्देश्यले तयारीका गतिविधिलाई तीव्रता दिइएको बताए।

उनले तयारी समितिमा पार्टीका नेता तथा कार्यकर्ताहरू जोडिन सक्ने समेत जानकारी दिए।
तयारी समितिले क्षेत्रीय प्रतिनिधि चयन सँगै वडा, क्षेत्र र जिल्ला तहका अधिवेशनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाईएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्