मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : तनहुँको भानु नगरपालिका–१० तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक भानु–१० तल्लो मैदान निवासी ४५ वर्षीय शंकर पाण्डे र पछाडि सवार सोही स्थानका ६५ वर्षीय टंकनीति पाण्डे घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर, चितवन र प्रदेश अस्पताल बेँसीसहर, लमजुङ पठाइएको थियो।

उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्