नेपाली कांग्रेस महाधिवेशनःनेता गोविन्द भट्टराई उप सभापति लड्ने

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औं महाधिवेशनमा उप सभापति पदमा चुनाव लड्ने भएका छन् ।

नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उप सभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने बताए ।

‘देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरुबाट सुझाव आएको छ,’ उनले भने, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’

इमान्दार र नैतिकवान नेताको छवि बनाएका भट्टराईले नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघको पक्षमा नतिजा आएको थियो ।

अहिले प्रियतावादीको लोकरिझ्याईं र पुरातनवादी सोच दुवै पार्टी र देशका लागि घातक भन्दै भट्टराईले कांग्रेसलाई आम मान्छेको पार्टीका रुपमा पुर्नपरिभाषित गराउनु आवश्यक रहेको र आफ्नो शक्ति त्यसैमा लगाउने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्