आन्दोलनमा घाईते भएकालाई सम्मान

दमौली न्युज
  • ख-
  • ख+

दमौली: जिल्ला प्रशासन कार्यालय तनहुँले जेन्जी आन्दोलनमा घाईते भएकालाई सम्मान गरेको छ।राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार घाइतेलाई सम्मानित गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले,प्रजिअ शिवलाल तिवारी लगायतकाले दाेसल्ला तथा प्रमाणप्रत्रले सम्मान गरिएको थियो।

तनहुँ जिल्ला भित्र स्थायी बसोवास भएका सहिद तथा बेपत्ता परिवार र घाइतेहरूले आवश्यक कागजातसहित सम्मान ग्रहण गर्न इच्छुक व्यक्तिले सम्पर्क गरी आफ्नो विवरण अद्यावधिक गराउनु पर्ने र छनोट भएकाहरूको नाम बिहीबार साँझ सार्वजानिक गरि,शुक्रबार सम्मान गरिने भन्दै प्रजिअ तनहुँले सवैमा अनुरोध गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्