दमौली: तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित ‘व्यास नगर अल्ट्रा म्याराथन’ प्रतियोगितामा बझाङका नेपाली सेनामा कार्यरत करन रावलले २ घण्टा ४८ मिनेट २७ सेकेन्डमा दुरी पार गरि प्रथम भएका छन् ।
सहिद दिवसको अवसरमा आयोजना गरिएको ४४ किलोमिटर लामो दौड प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय तीनवटै स्थान नेपाली सेनाका धावकहरूले हात पारेका हुन्।
विजेताहरूलाई नगर प्रमुख तथा अन्य पदाधिकारीहरूले प्रथम पुरस्कार ८५,०८२ रुपैयाँ,द्वितीय पुरस्कार ६५,०८२ रुपैयाँ,तृतीय पुरस्कार५५,०८२ रुपैयाँ नगद सहित, मेडल र प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाका साथै विभागीय टोलीका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।











