जनजाति महोत्सवको झाँकी प्रर्दशनमा व्यास नगर तमु सुधार प्रथम

दमौली न्युज
  • ख-
  • ख+

दमौली: छैटौ आदिवासी जनजाति सांस्कृतिक महोत्सवको झाँकी प्रर्दशनीमा व्यास नगर तमु सुधार समाज प्रथम भएको छ ।

कूल ६० अंकमा ५२ अंक सहित व्यास नगर तमु सुधार समाज प्रथम भएको हो । त्यसैगरी ५०.५ अंक सहित मगर सुधार समाज दमौलीले द्वितीय स्थान प्राप्त गरेको छ। मगर गुठ समिति, व्यास-१ ले ५० अंकसहित तृतीय स्थानमा चित्त बुझाएको छ।

४८ अंक सहित मिलन तमु आमा समूह, ४६ अंक सहित छंगेली नेवा खल दमौली र ४५ अंक सहित जनभावना नेवा समूह सान्त्वना भएको छ ।

‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा एक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस २४ गते देखि माघ ५ गते सम्म छैटौ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सञ्चालन हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी