दमौली: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित ड्याम साइडमा निर्माणाधीन स्थलमा मेसिनले च्यापिँदा एक कामदारको ज्यान गएको छ।
कालिका कन्स्ट्रक्सनमा कार्यरत व्यास नगरपालिका–५ निवासी २५ वर्षीय महेन्द्र थापा गिट्टी सम्याउने क्रममा एक्साभेटर अचानक ब्याक हुँदा टिपर र एक्साभेटरको बीचमा च्यापिएर गम्भीर घाइते भएका थिए। उपचारका लागि रत्नहरी अस्पताल दमौली लगिएकोमा चिकित्सकले साँझ ८:३५ बजे मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न टिपर र एक्साभेटरसहित दुवै सवारी चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ। मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












