दमौली : बीपी विचार समाज तनहुँले मेलमिलाप दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष क्या.रेशमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि बीपी विचार समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङ रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले जननायक बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको विचार आजको सन्दर्भमा अझ सान्दर्भिक रहेको बताए। उनले लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउन बीपीको विचारलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रमका का.अध्यक्ष क्या. रेशमबहादुर गुरुङले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिले देशलाई संकटको अवस्थाबाट बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो। उहाँले समाजले बीपी विचारको प्रचार–प्रसार गर्दै नयाँ पुस्तालाई राजनीतिक चेतनामा जोड्नुपर्नेमा जोड दिए।
कार्यक्रममा समाजका सल्लाहकार ऋषिराम पोख्रेल, दमौली एफएमका निर्देशक प्रताप सिंह अधिकारी,कोषाध्यक्ष भीमबहादुर श्रेष्ठ सदस्यहरु इन्द्रबहादुर दराई, ई.दीर्घबहादुर थापा, राजकुमार श्रेष्ठ, कृष्णप्रसाद सोती, सूर्यभक्त अधिकारी, कृष्णप्रसाद भट्टराई, ऋषिराम भट्टराई सीजकुमार श्रेष्ठ,शुभेच्छुक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले बीपी कोइरालाको राजनीतिक योगदान, राष्ट्रिय मेलमिलापको महत्व र वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए। बीपी विचार समाज तनहुँले मेलमिलाप दिवसको अवसरमा यस्ता वैचारिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।











