क्लबद्वारा तनहुँका पाचँ सञ्चारकर्मी सम्मानित

दमौली न्युज
  • ख-
  • ख+


दमौली : कार्यक्रमको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै तनहुँका पाँच जना पत्रकारहरुलाई सम्मान गरिएको छ ।
मिलिजुली युवा क्लब, बन्दिपुर ६, तनहुँ खहरेटारले आठौं वार्षिकोत्सवको अवसरपारी सम्मान गरीएको हो ।

सम्मानित हुनेहरुमा गोरखापत्र दैनिकका पत्रकार अम्मर राज नहर्की,प्रहार समाचारका सम्पादक शंकरराज नहर्की,तनहुँ प्रेसका कार्यकारी सम्पादक बिकास खनाल,प्रादेशिक खबर राष्ट्रिय दैनिकका पत्रकार मदन वाग्ले,खबरवृष्टि डटकमका प्रकाशक सुदिप पौडेललाई सम्मान गरिएको थियो ।


क्लबको गतिविधि, कार्यक्रम र सामाजिक पहललाई सञ्चार माध्यम मार्फत निरन्तर समाचार सम्प्रेषण गरेको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्