तनहुँको घाँसीकुवा नजिक भारतीय ट्रक दुर्घटना हुँदा चालक घाईते

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार बिहान ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । प्रहरीका अनुसार ट्रक चालक भारत पश्चिम बंगाल जिल्ला जलवायु ध्रुपगढी नौथुवा वस्ने ४० बर्षीय काला सुरेन रहेका छन् । 

डुम्रेबाट दमौलीतर्फ आउदै गरेको डब्लू बी ७३ जी ६२१० नंम्बरको सिमेन्ट बोकेको भारतीय बल्गर नियन्त्रण गुमाई पृथ्वीराजमार्ग सडकको छेउमा पल्टन गएको प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार घट्नाको सूचना प्राप्त हुना साथ प्रहरी टोली , नेपाली सेना, स्थानियको सहयोगमा चालकलाई चेपिएको अवस्थामा उद्दार गरी उपचारको लागि प्रदेश अस्पताल दमौलीमा पठाईएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्