१२ जिल्लामा सीडीओ हेरफेर, कसले कुन जिल्ला को जिम्मेवारी पाए।

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ —१२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हेरफेर भएको जानकारी गराएको छ ।

कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई जिम्मेवारी दिइएको छ । सरुवा सूचीअनुसार भोजपुरमा सहसचिव राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना, दोलखामा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा रामकृष्ण अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

तनहुँमा हाल जिल्ला प्रशासन कार्यालय भोजपुरमा रहेका शिवलाल तिवारीलाई पठाइएको छ । इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दीपकराज नेपाल, सल्यानमा महेन्द्रकुमार सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । साभारः कान्तिपुरबाट

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्