नमस्ते देउराली युथ क्लवद्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

देव गजमेर,दमौली न्युज
  • ख-
  • ख+

दमौली: तिहारको अवसरमा देउसी भैलो खेलेर संकलित रकमबाट स्कुललाई न्यानो कपडा वितरण गरिएको छ। व्यास नगरपालिका वडा नं ३ मा रहेको शिव पाञ्चायन मा.वि.का विद्यार्थीहरुलाई नमस्ते देउराली युथ क्लवले न्यानो कपडा वितरण गरेको हो ।

आज स्कुलमा गई कक्षा नर्सरी देखि ९ कक्षा सम्मका विद्यार्थीहरूलाई स्विटर वितरण गरिएको अशोक रानाले जानकारी दिए । उनका अनुसार चिसो मौसमका कारण अध्ययनमा असर नपरोस् भन्ने उद्देश्यले स्कुलमा गई न्यानो कपडा वितरण गरिएको बताए।

विद्यालयका प्रधानाध्यापक तोया गिरीले विद्यालय परिवार र अभिभावकको तर्फबाट सहयोग प्रति आभार व्यक्त गरेकाे बताए। त्यस्तै स-प्रधानाध्यापक हेमलाल घिमिरेले हरेक स्कुलका विद्यार्थीहरुलाई यो जाडोको मौसममा न्यानो कपडाको आवश्यकता पर्ने मर्म बुझी स्कुलमा आई न्यानो कपडा वितरण गरी सहयोग गरीएकोमा आभार व्यक्त गरे ।

नमस्ते देउराली युथ क्लवले धेरै अन्य सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्