दमौली: व्यास नगरपालिका वडा नम्बर १को वडा अधिवेशन शनिबार व्यास १ स्वामीचौतारा भादगाउँमा सम्पन्न भएको छ । अधिवेशनले सभापतिमा अर्जुन रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै उप- सभापति बिष्णु माया मल्ल, सचिवमा नवराज पौडेल चयन भएका छन्। सदस्यहरुमा राजकुमार श्रेष्ठ ,सिद्द बहादुर चन्द,चीन बहादुर भन्डारी, हस्त बहादुर सार्की , कलावती सापकोटा,मानसिङ दरै, तारा माया राना, एकवाल हुसेन खान चयन भएका छन् ।
वडा अधिवेशन नगर सभापति चूडामणि दाहालको सभापतित्वमा, जिल्ला सभापति बिश्वनाथ बास्तोलाको प्रमुख आतिथ्यमा भएको थियो।











