गफ्फारद्वारा मनाङ्गका १५० जना बिद्यार्थीलाई न्यानो कपडा बितरण

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँका युवा सामाजिक अभियान्ता महम्मद गफ्फार(सुदिप) र उनको समूहको सक्रियतामा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार मनाङको नासो गाउँपालिका-५ स्थित श्री प्रकाश ज्योति माध्यमिक विद्यालयका १५० जना विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरिएको हो।

अभियान्ता गफ्फार र अभियान न्यानोका समुह मनाङ्ग जिल्ला पुगेर स्विटर र टोपी बितरण गरिएको युवा अभियान्ता गफ्फारले जानकारी दिए। उनका अनुसार चिसो मौसमका कारण अध्ययनमा असर नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। हरेक क्षेत्रका विद्यार्थीहरुले आधारभूत शिक्षाको आवश्यकता पूरा गर्न आफ्नो समुहले यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि बताए।

विद्यालय प्रधानाध्यापक पधराज पन्थीले बिधालय परिवार र अभिभावकको तर्फबाट सहयोग प्रति आभार व्यक्त गरेकाे बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्