एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११ औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले ह्याटिक गरेका हुन्।

पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलील‍े १६६३ मत ल्याएका छन्। यसैगरी पोखरेलले ५६४ मत प्राप्त गरेका हुन्। ओलीले दुई तिहाई मत ल्याएर विजयी भएका हुन्। नवौं र दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका थिए।

बुधबार बिहानबाट भएको मतदानमा २२६३ मध्ये २२२७ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका थिए। मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका थिए। 

साभारः अन्नपूर्ण

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्