दमौलीः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तनहुँको अध्यक्षमा मिनबहादुर कार्की निर्वाचित भएका छन् । दमौलीमा सम्पन्न पहिलो अधिवेशनबाट कार्की सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
हिसानको उपाध्यक्षमा हरिचन्द्र अधिकारी, सचिवमा सन्देश नारायण श्रेष्ठ र कोषाध्यक्षमा सुरेश पौडेल निर्वाचित भए ।

कार्य समितिका सदस्यहरूमा तारा भट्टराई, परशुराम अधिकारी र गोविन्दप्रसाद खनाल छन् । संस्थाले प्रकाश खड्का, पूर्ण थापा र तिलनाथ काफ्लेलाई सल्लाहकार मनोनित गरेको छ ।










