महर्षि वेदव्यास विद्याश्रमलाई शैक्षिक सामग्री सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दमौली:   महर्षि वेदव्यास विद्याश्रमलाई शैक्षिक सामग्री र न्यानो कपडा सहयोग गरीएको छ ।प्राज्ञिक विद्यार्थी परिषद् नेपाल व्यास नगर इकाईले व्यास ५ पाटन स्थित गुरुकुलका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेश व्यवस्था प्रमुख भाग्यशाली ढुङ्गानाको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि महर्षि वेदव्यास विद्याश्रम अध्यक्ष सत्य प्रसाद खनाल रहेका थिए।

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव अभिषेक बिष्ट, परिषद्का शुभचिन्तक नन्दन श्रेष्ठ ,बिधाश्रमका सचिव महेन्र गिरि , प्रध्यापक सुफल आत्रेय लगाएतको उपस्थिति रहेको थियो।

परिषद्ले समुदायमा आधारित रहेर आवश्यक अनुसार यस्ता सहयोगहरुलाई निरन्तरता दिने योज गण्डकी  प्रदेश मिडिया प्रमुख आकाश लामगादेले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्