बस दुर्घटना हुँदा २२ जना घाइते

दमौली न्युज
  • ख-
  • ख+

दाङ: दाङमा बस दुर्घटना भएको छ। डडेलधुराबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका-१ को कोडिया पुल नजिक दुर्घटना भएको हो।

लमही प्रहरीका अनुसार दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्। घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।

साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्