दमौलीः नेपाली कांग्रेस तनहुँले आसन्न संघीय निर्वाचनमा इच्छुकहरुका लागि खुलाएको दाबेदारी अन्र्तगत तनहुँ १ मा दाबेदारी दिनेको संख्या ११ पुगेको छ ।
महासमिति सदस्य पुरुषोत्तम खनालले सोमबार दाबेदारी प्रस्तुत गरे पछि तनहुँ क्षेत्र १ बाट इच्छुकको संख्या ११ पुगेको हो ।
महासमिति सदस्य खनालले आफ्नो लामो राजनीतिक अनुभव र सामाजिक कार्यलाई अब सांसदका रुपमा राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने अवसरका रुपमा उपयोग गर्न उम्मेदवारीमा इच्छा राखेको बताए










