बन्दिपुर: तनहुँकाे पिप्लेमा कार दुर्घटना हुँदा एक घरमा क्षति पुगेको छ। बन्दिपुर १ पिप्लेमा कार दुर्घटना हुँदा घरमा क्षति पुगेकाे हो ।
पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत डुम्रेबाट दमौली तर्फ जाँदै गरेको BAA1681 नं. को कारले ऐ. स्थितमा रहेको सुनिता भट्टको २ तले कच्ची घरमा ठक्कर दिदा घरको अगाडिको पालीको भागमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा मानवीय केही क्षति नभएकाे पनि जनाईएको छ










