बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–१ स्याउली स्थित पृथ्वीराजमार्गमा पैदल यात्री कारको ठक्करबाट घाइते भएका छन्। दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ७४६४ नम्बरको कारले अचानक नियन्त्रण गुमाउन पुग्दा २ महिलालाई ठक्कर दिएको हो। घटना लगत्तै चालक र सवारी साधनलाई डुम्रे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।
ठक्करबाट घाइते हुनेमा म्याग्दी धौलागिरी गाउँपालिका–७ की ३८ वर्षीया लीला जौशी र बेनी नगरपालिका–२ की ३८ वर्षीया लीला सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विक ले जानकारी दिए । घाइतेहरुको प्रारम्भिक उपचारका लागि दुबैलाई लक्ष्मी सिटी अस्पताल, डुम्रे लगिएको थियो भने अवस्था जटिल देखिएपछि थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा रिफर गरिएको छ ।
हाल दुबै घाइते मेट्रोसिटी अस्पताल, पोखराको इमेर्जेन्सी वार्डमा उपचाररत छन्। उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको आफन्तहरूले बताएका छन्। घटनाको प्रहरील अनुसन्धान अघि बढाएको छ।










