राष्ट्रिय परिचयपत्र सेवा आइतबार देखि पुनः पुरानै कार्यालय समयमा सञ्चालन

दमौली न्युज
  • ख-
  • ख+

दमौली: जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र सेवा आइतबार देखि कार्यालय समयमा सञ्चालन गर्न थालेको छ। सेवा लिने भिड बढ्नु, भवन क्षति र उपकरण अभावका कारण केही महिना देखि १० घण्टा सम्म सेवा विस्तार गरिरहेको प्रशासनले अब फेरि नियमित सेवा पुनः पुरानै समयमा फर्किएको हो।

प्रशासकीय अधिकृत विकास श्रेष्ठका अनुसार सेवाग्राहीको चाप घटेको, तीनवटै स्टेशन पूर्ण रूपमा सञ्चालनमा आइसकेकाले अबदेखि सेवा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उपलब्ध हुनेछ। हालको अवस्था हेर्दा—पूर्ववत् कार्यालय समयमै सेवाग्राही सहज व्यवस्थापन गर्न सकिने बताइएको छ ।

जेन्जी आन्दोलनका क्रममा प्रशासन भवनमा तोडफोड र आगजनी हुँदा राष्ट्रिय परिचयपत्रका सबै उपकरण जलेर नष्ट भएका थिए। त्यसपछि उपकरण अभाव र अत्यधिक भीडका कारण कार्यालयले सेवा समय बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्मका दरले चलाउँदै आएको थियो।

नयाँ उपकरण प्राप्त भए पछि तीनै स्टेशन सञ्चालनमा आए सँगै कार्यालय नियमित समयमै फर्किएको छ । सेवा व्यवस्थाले परिचयपत्र वितरण, बायोमेट्रिक दर्ता र अभिलेख अद्यावधिक कार्य अब झनै छिटो र व्यवस्थित हुने प्रशासनले जनाएक छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्