दमौली: जेसीआई व्यास नगरको ३१औँ शाखा अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले सन २०२६ का लागि अजर नागिलालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ ।
चुनिएका कार्यकारिणीमा उपाध्यक्षका रूपमा सुरेशकुमार श्रेष्ठ र सुनिल श्रेष्ठ चयन भए भने सचिवमा प्रताप पण्डित जिम्मेवारी पाएका छन्। यसैगरी, उपाध्यक्ष पदमा मनोज राउत, जगदिश काफ्ले, सन्तोष दाहाल र अनिलकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
नव–निर्वाचित अध्यक्ष नागिलाले आगामी वर्ष जेसीआई व्यास नगरलाई नेतृत्व अभिवृद्धि, युवाको क्षमता विकास र सामाजिक सेवाका कार्यक्रममार्फत अझ प्रभावकारी बनाइने धारणा व्यक्त गरे। उनका अनुसार संगठनले समुदायमै केन्द्रित भएर सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिनेछ।
नयाँ नेतृत्व चयनसँगै जेसीआई व्यास नगरले आगामी कार्ययोजना तथा कार्यक्रमहरूलाई थप गतिशील रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।










