सिद्धगुफामा नेपाल पत्रकार महासङ्घको बैठक

दमौली न्युज
  • ख-
  • ख+

दमौली: सिद्धगुफा भित्र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको बैठक बसेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगर स्थित सिद्धगुफाको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्धेश्य सहित शाखाको घुम्ती बैठक गुफाभित्र बसेको हो ।

जिल्लाभित्रका पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित शाखाले घुम्ती बैठकको आयोजना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम शाखाको बैठक सिद्धगुफामा बसेको हो । बैठकले पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित सिद्धगुफाको सञ्चारमाध्येमबाट प्रचारप्रसार गर्ने निर्णय गरेको शाखाका अध्यक्ष डिपी अधिकारीले जानकारी दिए ।

शाखाले यसअघि व्यास नगरपालिका–३ व्यासगुफा, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी र म्याग्दे गाउँपालिका–६ मनपाङमा घुम्ती बैठक सम्पन्न गरिसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्