दमौली : तनहुँ क्षेत्र नं १ का निवर्तमान प्रतिनिधी सभा सदस्य एवं राजस्वका उपसभापति डा.स्वर्णिम वाग्लेले सप्ताह ज्ञान महायज्ञलाई २५ हजार दान सहयोग गरेका छन्। तनहुँको व्यास नगरपालिका–१ स्थित रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह महायज्ञलाई डा.वाग्लेले रकम सहयोग गरेका हुन् ।
धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयबासीले देखाएको कार्य अनुकरणीय भएको बताउँदै प्रमुख अतिथि समेत रहेका उपसभापति डा. वाग्लेले सबै कुरा सरकारले मात्रै गर्न नसक्ने बताएका थिए। आफ्नो क्षेत्रको विकासका लागि आमनागरिक पनि एकजुट भएर लाग्न आवश्यक छ “उनले भने” जेनजी आन्दोलन पछि मुलुक नयाँ मोडमा गएको चर्चा गर्दै राजनीतिमा देखिएको विकृतिलाई सङ्गल्याउँदै अघि बढ्न आफ्नो पार्टीले पटक पटक प्रतिनिधी सभामा ध्यानाकर्षण गराउँदै आएको उपसभापति डा. वाग्लेको भनाई थियो।
त्यसैगरी रास्वपा जिल्ला सभापति बिश्व बाँस्तोला,रास्वपा व्यास नगरसभापती चूडामणि दाहालले पनि महायज्ञलाई सहयोग गरेका थिए । धर्मशाला,होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गर्ने उद्वेश्यले यही मंसिर ६ देखि १३ गतेसम्म महायज्ञको आयोजना गरिएको महायज्ञका मूल समारोह समितिका संयोजक अभिमानसिं बस्नेतले जानकारी दिए । उनका अनुसार महायज्ञबाट करिब दुई करोड भन्दा माथि दान संकलन गर्ने उद्देश्य रहेको जानकारी दिए ।










