बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते,एकको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँ स्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन जिल्ला ईच्छाकामना गाउँपालिका–५ निवासी बर्ष ३१ का पुष्पलाल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । 

धार्मिक पर्यटकीयस्थ छिम्केश्वरीबाट आँबुखैरेनी तर्फ आउदै गरेको बोलेरो जीप चालकले नियन्त्रण गुमाई सडक छेउ पल्टिन जाँदा दुर्घटना भएका प्रहरीले जनाएको छ । से १ च ६५१ नंम्बरको बोलेरो गाडीमा सवार एघार जना मध्ये पाँच जना सकुशल रहेको प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिए ।

 

अन्य घाइते हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–२ बस्ने बर्ष २० की दोमाया गुरुङ सोही स्थान निवासी बर्ष २६ का जित बहादुर गुरुङ,बर्ष १६ की भावना गुरुङ,बर्ष २५ का अचित गुरुङ,कालिका नगरपालिका–८ निवासी बर्ष ३४ की सरस्वती गुरुङ घाइते भएका छन् । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्